कुलेश्वरको काजु गोदाममा प्रहरीको छापा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालीमाटीले काठमाडौँको कुलेश्वरमा रहेको काजु गोदाममा छापा मारेको छ । भन्सार छलेर ल्याएको सामान राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । काठमाडौँका एसएसपी वसन्त रजौरेका अनुसार शङ्कास्पद वस्तुहरू हुनसक्ने आशङ्कामा कुलेश्वरमा प्रहरीले छापा हानेको हो ।  

नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण नगर्न महानगरको आग्रह

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको छ । महानगरले आज एक सार्वजनिक सूचना जारी गरी नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो । महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति … Read more

दिदीभाईलाई सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक

कपिलवस्तु दिदीभाईलाई विषालु सर्पले डसेको छ। हिजो (मंगलवार) राति कपिलवस्तु नगरपालिका वडा नम्बर १ जमुहरा टोलमा बस्ने राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो।राति खाटमासँगै सुतेका २ दिदी बहिनी (प्रिया र अस्मिता), भाई (अनमोल) मध्य अस्मिता र अनमोललाई सर्पले डसेको थियो । सर्पले डस्दा भाईको अवस्था चिन्ताजनक … Read more

राम लल्लाको घरमा चोरी, लाखौँको सडक बत्ति रातारात गायब

भारत उत्तर प्रदेशको अयोध्यामा चोरले ५० लाखभन्दा बढीको सडकबत्ती चोरेका छन्।अयोध्यास्थित भक्तिपथ र रामपथमा लगाइएका ३ हजार ८ सय बम्बु लाइट र ३६ वटा गोबो प्रोजेक्टर लाइट चोरले चोरी गरेर लगेको छ। अयोध्याको सबैभन्दा महत्त्वपूर्ण र सुरक्षित मानिने उक्त स्थानमा चोरी हुँदा पनि प्रहरीसहित कसैले पनि जानकारी समेत पाउन सकेनन्।रामपथमा जडान ६ हजार ४ सय … Read more

कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

काठमाडौं:  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको दाबी गर्दै कागजपत्रसहित आयोगमा उजुरी दिएका छन् । उनले आफ्नो उजुरीमा राज्यलाई करोडौं … Read more

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका … Read more

२०८१ साल साउन ३० गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट … Read more

अमेरिकाको राजनीतिक प्रक्रियामा सहभागिता जनाउँदै दोस्रो पुस्ताका नेपाली

वासिंटन डिसी। संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको हावर्ड काउन्टीमा बस्दै आएका हेनरी पाण्डेय अहिले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत छन्। उनले अमेरिकाको विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बन्ने सपना रहेको बताएका छन्। तर भविष्यमा जे बने पनि हामीहरुले हरेक विषयमा बन्ने कानुन र त्यसको जानकारीले दिने बहुआयामिक ज्ञानले यस विषयमा सचेत मात्र गराउँदैन एक असल … Read more

सुनको मूल्यमा रेकर्ड ब्रेक

काठमाडौं। नेपाली बजारमा मूल्य हाल सम्मकै उच्च भएको छ। आज सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको १ लाख ४८ हजार ७०० रुपैयाँमा कायम थियो ।यसैगरी, आज … Read more

अमेरिकामा इन्ट्रा कप फुटबल र भलिबल हुने ठूलो धनराशी पुरस्कार घोषणा

कोलम्बस। इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले हरेक बर्ष नेपाली मूलका उत्तर अमेरिका(क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवा युवती एवं खेलप्रेमीहरुका लागि आयोजना गर्ने गरेको इन्ट्रा कप फुटबल(सकर) तथा भलिबल प्रतियोगिता यसपटक अगष्टको अन्तिम सातादेखि सेप्टेम्बरको दोस्रो सप्ताह अन्त्यसम्म अमेरिकाका दुई राज्यहरुमा हुने घोषणा गरिएको छ। ओहायोको राजधानी कोलम्बसमा आज आयोजित पत्रकार सम्मेलनमा … Read more