बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

गलकोट– बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।  बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ … Read more

मासुको हड्डी घाँटीमा अड्केर एक जनाको मृत्यु

चितवन,राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममा गम्भिर घाईते भएका तनहुँको भिरकोट नगरपालिका-३ पिपलबारीका ५९ बर्षिय छाम बहादुर रानामगरको उपचारको क्रममा आज(बुधबार) बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।बुधबार बिहान ८ः३० बजेको खाना खाने क्रममा अचानक मासुको … Read more

हसौरामा मंगलबारदेखि हराइरहेका बालक खोलाकिनारमा मृत भेटिए

नवलपरासी । नवलपुरको कावासोती-४, हसौरामा मंगलबारदेखि हराइरहेका ३० महिने बालक बुधबार खोलाकिनारमा मृत अवस्थामा फेला परेका छन् । कावासोती-४ हसौरा निवासी पूर्ववडाध्यक्ष रामजी ढुङ्गानाका नाति सुवास ढुङ्गाना बुधबार बिहान ९ः१५ बजेतिर कावासोती-४, हसौरास्थित चिलाहाको हसौरा खोलाकिनारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । घटनास्थलमा अहिले प्रहरी पुगेर घटनास्थलको मुचुल्का … Read more

नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु

 नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । हेलिकप्टरमा  सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको (९ एन एजेडी) दुर्घटनाग्रस्त भएको … Read more

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराउनुभयो ।प्रधानमन्त्री … Read more

मलिका अभिनीत ‘सतीदेवी’ को ट्रेलर युट्युब ट्रेन्डिङमा

अभिनेत्री मलिका महतको शीर्ष अभिनय रहेको फिल्म ‘सतीदेवी’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउँदैछ।सामाजिक कथामा बनेको फिल्मलाई लक्ष्मण सुवेदीले लेखन एवं निर्देशन गरेका हुन्। यो फिल्मको केही दिनअघि सार्वजनिक ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। २ लाखभन्दा बढी भ्युजका साथ ट्रेलर युट्युब ट्रेन्डिङमा समेत परेको छ।ट्रेलर हाल युट्युब ट्रेन्डिङमा फिल्म विधाको तेश्रो स्थानमा देखिन्छ। ठूलो हल्लाखल्ला र प्रचारमा नरहेको यो … Read more

आज यी प्रदेशमा मुसलधारे पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको … Read more

एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् । आरोपीको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ … Read more

सुनको मूल्य प्रतितोला १४ सय रुपियाँ घट्यो

काठमाडौं । बढेर तोलाकै १ लाख ५० हजार पुगेको सुनको मूल्य घट्न थालेको छ । हिजो तालामै २३ सय घटेको सुनको मूल्य आज थप १४ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा … Read more

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाडौं। बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन्। मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ। यस अघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद भंग … Read more