२०८१ साल साउन २३ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । शुभ कार्यमा सरिक भइनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । झैझमेलाको अवस्था आउला । … Read more

सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन

चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।गृहमन्त्री लेखकले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै सिमलताल घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । सो कार्यदलले प्रतिवेदन पेस गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका … Read more

काभा वुमन्स भलिबल नेसन्स लिग: श्रीलंकालाई हराउँदै भारत फाइनलमा

भारतले काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगिता २०२४ पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै फाईनलमा स्थान बनाएको छ ।मंगलबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई २५-१५, २५-१६, २५-२३ ले हरायो ।सुरुवाती दुई सेटमा सहज जित हात पारे पनि तेस्रो सेटमा सुरुवातमा श्रीलंकाले १२-८ को अग्रता लिएपछि भारतलाई केही कठिन परेको … Read more

बंगलादेशको संसद् विघटन

बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् ।गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको … Read more

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ … Read more

रवि लामिछाने सहित २६ जनासँग सहकारीको रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्दै छानबिन समिति

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित २६ जनालाई सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा सोधपुछ गर्ने भएका छ ।संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको हो ।स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । … Read more

देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभर गुणस्तरीय वस्तु तथा सेवा सहज आपूर्तिको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अति आवश्यक वस्तुको सेवामा हुने गरेको मूल्य वृद्धि र कालोबजारीले आमनागरिकलाई समस्यामा पारेको भन्दै कालोबजारी रोक्नका लागि निर्देशन … Read more

गुल्मीमा पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं- गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मी अनुसार रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय … Read more

निरन्तरको वर्षाले भरतपुर विमानस्थलका उडान प्रभावित

चितवन,प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विमानस्थलका उडान प्रभावित भएको हो ।विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी … Read more

अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

पाटन (ललितपुर), । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।