बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

गलेश्वर (म्याग्दी) — बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको हो । राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । … Read more

दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको छ : खेलकुदमन्त्री श्रेष्ठ

काठमाडौं– खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको छ ।  . राष्ट्रियसभाको बिहीबारको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले रंगशालाको अवस्थाका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अस्वीकृत हुनु उचित नभएको भन्दै स्तरोन्नति गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन् । उनले धेरै पहिला बनेको रङ्गशालालाई … Read more

सरकारी कार्यालयमा स्वदेशी काठ उपयोग हुनेगरी कानुन निर्माण गर्नुपर्छः वनमन्त्री साह

काठमाडौँ, असार २० गते । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानुन निर्माण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री साहले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्त्वपूर्ण योगदान पुर्‍याउने दाबी गर्नुभयो … Read more

प्रचण्डको अस्थिर चरित्रका कारण नै नयाँ गठबन्धन बन्यो: गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक घटनाक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिर चरित्रका कारण भएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् । कांग्रेस-एमालेको गठबन्धन … Read more

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । घटना बिहीबार बिहान साढे ८ बजेतिरको भएको बताइएको छ ।उनलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्‍याएपछि ३ राउण्ड गोली … Read more

कांग्रेस–एमाले सहकार्यबारे प्रभु साहको टिप्पणी : लोकतन्त्र झनै संकटमा पर्यो, निर्णायक आन्दोलन गर्ने घोषणा

काठमाडौं, २० असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारको नाममा भैरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित् गर्न निर्देशन दिएका छन् । आईटी आर्मी विगत १९ दिनदेखि आन्दोलित छ । आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डिपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ । पछिल्लो समय कांग्रेस … Read more

कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

काठमाडौँ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीबार पनि अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक … Read more

अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आउँदाे चुनावमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । गएको हप्ता भएको राष्ट्रपतिको बहसपछि ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उहाँले उम्मेदवारी छोड्नुपर्ने माग हुन थालेको हो । चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र … Read more

भूकम्प पीडितका अस्थायी टहरा पहिरोको जोखिममा

रुकुमपश्चिम,  । रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१४ को बाँकेडाँडा गाउँका भूकम्पपीडितका अस्थायी आवास (टहरा) पहिरोको जोखिममा छ । निरन्तर वर्षाको कारण बाँकेडाँडाका करिब २० अस्थायी टहरा पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो । गत वर्षको कार्तिक १७ गतेको भूकम्पको कारण घर क्षती भएपछि अस्थायी आवासका लागि बनाएका टहरा नै पहिरोको जोखिममा … Read more

ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

काठमाडौँ : कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । उनीहरूमाथि लागु औषध नियन्त्रण … Read more