महिलाको शरीरबाट ४७ दिनअघि प्रत्यारोपण गरिएको सुँगुरको मृगौला निकालियो

अमेरिकामा लिसा पिसानोको शरीरमा अप्रिलमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । ४७ दिनपछि यसलाई बाहिर निकालियो । अमेरिकामा पहिलो पटक मार्च १६ मा एक व्यक्तिको मृगौला फेल भएपछि सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो । यसपछि १२ अप्रिलमा अमेरिकामा यी महिलामा पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यी दुवै घटनाको विश्वभर चर्चा … Read more

भरतपुरमा एक पुरुष मृत भेटिए

भरतपुर,जेठ २७- चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा … Read more

‘बलिउडका ‘किङ’ शाहरुखः मिडियासँगको प्रेम किन रिसमा फेरियो?

काठमाडौँ : बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रूपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कँदै हिँडिरहेका छन्। उनी सकेसम्म मिडिया छल्ने प्रयास गर्छन्। मिडिया अगाडि देखिँदा  मास्क, छाताले अनुहार छोप्ने र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्। मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ … Read more

आज बाह्रौं राष्ट्रिय कृषक दिवस : किसानको सम्मान हुनुपर्नेमा कृषि विज्ञको जोड

काठमाण्डौ – आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा … Read more

मोदीको सपथ समारोहमा छिमेकी मुलुकलाई बोलाइयो, संसद भित्रकै विपक्षी दललाई भने छैन निम्तो

काठमाडौं । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा साँझ सवा ७ बजे प्रधानमन्त्री मोदी र केही मन्त्रीले सपथ लिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित केन्द्रीय मन्त्रिमण्डलका सदस्यलाई सपथ गराउने छिन् । भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय भने … Read more

आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे किशोर

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनका बुबाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

आज कुन देशको मुद्राको कति छ भाउ ?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ … Read more

आइतबारको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भईरहेको रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया … Read more

२०८१ साल जेठ २७ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ … Read more

धरानमा लागूऔषध सहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका १७  लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ । धरान १७ स्थित ३७ वर्षीय भुपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अबैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ … Read more