डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते

दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु भएको छ । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक … Read more

नेदरल्यान्ड्ससँगकाे हारबाट दबाबमा छैनाैँ, हामी आफूलाई प्रमाणित गर्न आएका हाैँ : साेमपाल

आईसीसी टी–२० विश्वकप क्रिकेटकाे आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएकाे छ । अमेरिकाकाे डालासमा रहेकाे ग्रान्ड प्रेरी क्रिकेट मैदानमा गए राति भएकाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयाे । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका सदस्य साेमपाल कामीले भने याे हारबाट हताेत्साहित हुनुपर्ने अवस्था नरहेकाे बताएका छन् । खेलपछि उनले भने, ‘यो हारबाट दबाबमा छैनौँ … Read more

‘नाट्टा’ को अध्यक्षमा दुई जनाको उम्मेदवारी

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिनुभएको छ । नाट्टाको पर्सि २५ गते हुन लागेको ५७ औँ वार्षिक साधारणसभा एवम् चुनावमा अध्यक्ष पदमा नाट्टाका वर्तमान वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र महासचिव कुमारमणि थपलियाले उम्मेदवारी दिनुभएको हो । वरिष्ठ उपाध्यक्षमा जिस्वा तुलाधर र उपाध्यक्षमा घनश्याम घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ … Read more

मधेश प्रदेशबाट एकीकृत समाजवादी बाहिरियो : मुख्यमन्त्री सरोजकुमार यादवले पाँचौँ पटक विश्वासको मत लिँदै

नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । हिजो बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीको तर्फबाट मधेश प्रदेश सरकारमा सहभागी एकीकृत समाजवादीका गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाउनुभएको छ । एकीकृत समाजवादीले सरकार छाडेसँगै मधेसमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार अल्पमतमा परेको … Read more

केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

आज पनि देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा हावाहुरीको पनि … Read more

आज विश्व वातावरण दिवस

आज विश्व वातावरण दिवस ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष जुन ५ तारिखका दिन वातावरण दिवस विश्वव्यापी रुपमा मनाउने गरिन्छ । यसवर्ष भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरीविरुद्ध जुध्ने अभियानका साथ दिवस केन्द्रित गरी कार्यक्रम भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को जुन १६ मा विश्व वातावरण … Read more

अरनिकोका कर्मचारीले बनेपामा बाटो बन्द गर्दा विवाद, ट्राफिक प्रहरीकै सामुन्ने कुटाकुट

काभ्रेको बनेपामा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुबीच कुटाकुट भएको छ । अरनिको यातायातका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोही क्रममा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको हो । यातायात खुलाउने प्रयासमा पुगेका ट्राफिक प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो । पछि प्रहरीले छुट्याएको थियो … Read more

१० राम्रा बानी, जसले सधैं स्वस्थ रहन मद्दत गर्छ

भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सक्छौं । स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरवाही भएर आफूलाई बिरामी बनाउँछौं । … Read more

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने पक्राउ

सामाजिक सञ्जालबाट आईफोन, गरगहना, घडीसहितको लगेज कुरियर गरेको भन्दै ठगी गर्ने एक युवकलाई काठमाडौं अपराध उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर लगायत एपमा सम्पर्क गरी आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि विश्वास दिलाई ठगी गरेको आरोपमा दाङका २१ वर्षीय विरबल … Read more

बजेटमाथिको सामान्य छलफल बुधबार सकिने

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल बुधबार सकिने भएको छ । सामान्य छलफलमा उठेका विषय र प्रश्नहरूको जवाफ बुधबार नै अर्थमन्त्री वर्षमान पुनले दिनेछन् । सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक राखेका छन् । उक्त बैठकमा बजेटमाथिको सामान्य छलफल जारी रहने छ । प्रतिनिधि सभाको क्यालेन्डरअनुसार बुधबार बिहान … Read more