एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित

नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोख्रेल निर्वाचित भएका छन् । १२ औं जिल्ला अधिवेशअन्तर्गत सोमबार दिउसो सम्पन्न मतगणनाअनसार पोख्रेल ३१३ मत ल्याएर विजयी बनेका हुन् । उनको प्रतिद्वन्द्वीमा ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमाल थिए । इन्द्रमानले २६२ मत, थापाले १६६ मत र रिमालले ११ मत पाए । पोख्रेल एमालेबाट विभाजन भएको नेकपा (एकीकृत … Read more

नेटफ्लिक्सले ‘हीरामण्डी’को दोस्रो सिजन ल्याउने, यस्तो हुनेछ कथासार

विश्वव्यापी रुचाइएको सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी : द डायमण्ड बजार’को दोस्रो सिजन आउने पक्का भएको छ । भेराइटीका अनुसार नयाँ श्रृंखला ल्याउनेबारे नेटफ्लिक्सले निर्मातासँग सम्झौता गरेको छ । मे १ मा स्ट्रिमिङ भएको यो श्रृंखलाले ४३ मुलुकमा नेटफ्लिक्सको गैरअंग्रेजी विधामा धेरै हेरिनेमध्ये सिरिजको रेकर्ड रचेको थियो । यति मात्रै होइन, यो सिरिजले नेटफ्लिक्समा अहिलेसम्म … Read more

‘छक्कापञ्जा ५’ ले रिलिजसम्मै सहायक कलाकारलाई लुकाउने

‘छक्कापञ्जा ४’ ले प्रचारप्रसारमा एउटा ‘ट्रेन्ड सेट’ गर्‍यो । छायांकनदेखि रिलिजसम्म भौतिकरुपमा पत्रकार सम्मेलन आयोजना भएन । दीपक–दीपाले ‘भर्चुअल’ प्रसारप्रसारको प्रवृत्तिलाई पछ्याए । पाँचौं श्रृंखलाको छायांकन यतिबेला चलिरहेको छ । यसपटक पनि अर्को नयाँ ट्रेन्ड सेट कायम हुँदैछ । त्यो हो– फिल्मको रिलिजसम्म प्रमुख तीनजना बाहेक अन्य कलाकारलाई लुकाउने । ‘मुख्यबाहेक अरु कलाकारलाई खुलासा नगर्ने … Read more

नीतिको जस्तै छ निश्चलको पनि फिल्म डेब्यूको कथा

अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो फिल्ममा जोडिएका हुन् । तर यो फिल्ममा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ । निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैले दुई वटा … Read more

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय र बुद्धि

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको लाइनअप बलियो बनेको छ । यो फिल्ममा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण पक्षले विजयसँगै बुद्धि तामाङलाई पनि अनुबन्धित गराएको छ । यस अघि फिल्मकालागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । यस्तै, अभिनयका कारण … Read more

गोदावरीका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

शहरबाट माग बढेपछि मोरङका वनमा निगुरो टिप्नेहरूको भीड

माग बढेसँगै मोरङका वनमा निगुरो टिप्नेहरूको भीड लाग्न थालेको छ । स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो । काठमाण्डाैलगायत शहरी क्षेत्रबाट तरकारीकाे रूपमा प्रयोग हुने निगुरोको माग बढेपछि वन क्षेत्रबाट ठूलो परिमाणमा निगुरो सङ्कलन हुन थालेको राईले बताउनुभयो । जनसेवा सामुदायिक वनबाट मात्रै वर्षमा झन्डै तीन करोड … Read more

रेलको ठक्करबाट हात्तीलाई जोगाउन भारतकाे तमिलनाडुमा ‘एआई’ को प्रयोग

भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ । रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न एआईको प्रयोग थालेको तामिलनाडु वन विभागकी सचिव सुप्रिया साहूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सरकारको तथ्याङ्कअनुसार बितेको एक दशकमा मात्रै रेलको ठक्करबाट … Read more

ललितपुरको यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न शुरु

बाग्मती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक कालाेपत्र (पिच) गरेको भनेर आलोचना भएपछि पोल सार्न शुरु भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न शुरु गरेको हो । पोल सार्न महानगर … Read more

अध्यागमन विभागका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र … Read more