ललितपुरको यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न शुरु

बाग्मती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक कालाेपत्र (पिच) गरेको भनेर आलोचना भएपछि पोल सार्न शुरु भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न शुरु गरेको हो । पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

गएको शुक्रवार बेलुका यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरिएको थियो । यसअघि यूएन पार्क–कुपण्डोल खण्डको करिडोर जीर्ण थियो । सडकका खाल्डाखुल्डी पनि नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो ।

सेयर गर्नुहोस्