विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी

काठमाडौं।  वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच  विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। पपुवा न्यूगिनीले दिएको एक सय ३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍याे। … Read more

नेतान्याहु युद्ध अपराधी हुन्ः बर्नी स्यान्डर्स

वरिष्ठ अमेरिकी डेमोक्रेटिक नेता बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी भनेका छन् । नेतान्याहुलाई कांग्रेसको संयुक्त बैठक बोलाउन नहुने भन्दै स्यान्डर्सले आफू कांग्रेसको संयुक्त बैठकमा सहभागी नहुने बताएका छन् । स्यान्डर्सले माइक्रोब्लगिङ वेबािइट एक्समा थ्रेडको एउटा पोस्ट गरेका छन् । ‘नेतन्याहु युद्ध अपराधी हुन् र कांग्रेसको संयुक्त बैठकमा बोलाउनु हुँदैनथ्यो । म यो … Read more

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई कारण देखाउ आदेश

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलपलका लागि बोलाएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन भनेको हो । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन भनेको अधिवक्ता भट्टराईले नेपाल … Read more

प्रतिपक्ष दलका नेताहरुलाई भेट्दा आत्तिन आवश्यकता छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुका बैठकमा सहभागी … Read more

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर … Read more

अनुदान कटौतीको निर्णय ७ दिनभित्र सच्याउन स्थानीय तहको अल्टिमेटम

स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ । तोकिएको अनुदान … Read more

विश्वविद्यालय र पतञ्जलीबीच परीक्षा खर्चको विवाद, मारमा विद्यार्थी

नेपाल संस्कृत विश्वविद्यालय र पतञ्जली आयुर्वेद मेडिकल एण्ड रिसर्च सेन्टरबीच परीक्षा खर्चको विवाद हुँदा ३७ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । काभ्रेको धुलिखेलस्थित पतञ्जली रिसर्च सेन्टरमा ब्याचलर अफ आयुर्वेद मेडिसिनमा अध्ययनरत ३७ जना विद्यार्थीको अन्तिम वर्षको प्रयोगात्मक परीक्षा १६ जेठदेखि हुनुपर्ने थियो । विश्वविद्यालयले अन्तिम समयमा आएर परीक्षा रोकिदिँदा विद्यार्थीहरु अन्यौलमा परेका छन् । … Read more

शेयर बजार साढे १३ अङ्कले बढ्याे

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज मल्टीप्रपोज फाइनान्स … Read more

बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

बाग्लुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम शुरु भएको नौ वर्ष भइसके पनि लक्ष्य पूरा हुन सकेकाे छैन । २०७२ सालमा देशभर १० वटा नमूना शहर बनाउने सरकारको योजनाअनुसार बुर्तिवाङमा पनि बजेट विनियोजन गरेर काम शुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ शहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको … Read more

डेङ्गी सङ्क्रमणबाट जोगिन महानगरको आग्रह, हरेक वडामा नियमित सरसफाइको काम चल्दै

गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाण्डाै महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन … Read more