प्रतिपक्ष दलका नेताहरुलाई भेट्दा आत्तिन आवश्यकता छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुका बैठकमा सहभागी … Read more

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा युएईविरुद्धको खेलका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर … Read more

अनुदान कटौतीको निर्णय ७ दिनभित्र सच्याउन स्थानीय तहको अल्टिमेटम

स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ । तोकिएको अनुदान … Read more

विश्वविद्यालय र पतञ्जलीबीच परीक्षा खर्चको विवाद, मारमा विद्यार्थी

नेपाल संस्कृत विश्वविद्यालय र पतञ्जली आयुर्वेद मेडिकल एण्ड रिसर्च सेन्टरबीच परीक्षा खर्चको विवाद हुँदा ३७ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । काभ्रेको धुलिखेलस्थित पतञ्जली रिसर्च सेन्टरमा ब्याचलर अफ आयुर्वेद मेडिसिनमा अध्ययनरत ३७ जना विद्यार्थीको अन्तिम वर्षको प्रयोगात्मक परीक्षा १६ जेठदेखि हुनुपर्ने थियो । विश्वविद्यालयले अन्तिम समयमा आएर परीक्षा रोकिदिँदा विद्यार्थीहरु अन्यौलमा परेका छन् । … Read more

शेयर बजार साढे १३ अङ्कले बढ्याे

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज मल्टीप्रपोज फाइनान्स … Read more

बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

बाग्लुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम शुरु भएको नौ वर्ष भइसके पनि लक्ष्य पूरा हुन सकेकाे छैन । २०७२ सालमा देशभर १० वटा नमूना शहर बनाउने सरकारको योजनाअनुसार बुर्तिवाङमा पनि बजेट विनियोजन गरेर काम शुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ शहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको … Read more

डेङ्गी सङ्क्रमणबाट जोगिन महानगरको आग्रह, हरेक वडामा नियमित सरसफाइको काम चल्दै

गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाण्डाै महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन … Read more

दिल्लीमा सेन्सर बिग्रिएका कारण तापक्रम ५२ डिग्रीभन्दा धेरै देखाएको पाइयाे

भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो हप्ता ५२ दशमलव ९ डिग्री सेल्सियस तापक्रम नपुगेको पुष्टि भएको छ । अघिल्लो हप्ता नयाँ दिल्लीकाे मुङ्गेशपुरको मौसम स्टेशनले तापक्रम ५२ दशमलव ९ डिग्री सेल्सियस पुगेको देखाएपछि भारत मात्र नभई संसारभरको ध्यान तानिएको थियो । त्यसपछि भारतीय मौसम विज्ञान विभागले गरेको अनुसन्धानले सेन्सरको त्रुटिका कारण तापक्रम ३ डिग्री सेल्सियसले बढी … Read more

स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ

स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट भोजपुर घर भएका भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मालाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको हो । हुन्डीसम्बन्धि कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गेस्ट हाउसमा छापा मार्दा … Read more

‘दिमाग खराब’बाट स्वस्तिमाको अवार्डमा ह्याट्रिक

अभिनेत्री स्वस्तिमा खड्का कलात्मक र व्यावसायिक दुईटै धारका फिल्ममा जमेकी छन् । ‘बुलबुल’ र ‘चिसो मान्छे’ जस्ता फिल्मले उनलाई अब्बल कोटीको अभिनेत्रीको रुपमा स्थापित गर्‍यो । ‘होस्टेल रिर्टन्स’, ‘नाइँ नभन्नू ल ५’, ‘दिमाग खराब’, ‘छक्का पञ्जा २’ जस्ता फिल्मको सफलताले उनको करिअरलाई मजबूत बनाउन ठूलो भूमिका खेले । यतिबेला उनको करिअर उत्कर्ष विन्दूमा छ । … Read more