बानेश्वरस्थित संघीय संसद् सचिवालयमा आफैलाई गोली हानेका प्रहरी जवान अजित गोलेको मृत्यु भएको छ।
उनले बुधबार बिहान ८ बजे संसद् भवनको शौचालयमा आफैलाई गोली हानेका थिए।
निज सुरक्षाकर्मीको मृत्यु भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।