अर्को वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट

सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको हो । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए । सरकारले पर्वतारोहण अनुमति … Read more

राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र पालिकाले ५ खर्ब ६७ अर्ब रुपैयाँ पाउने

सरकारले आउँदो आर्थिक वर्षमा सरकारले प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६० अर्ब र पालिकाका लागि ८८ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । यस्तै ससर्त अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड … Read more

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको नाममा कार्यक्रम घोषणा

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नीको नाममा पनि कार्यक्रम घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाण्डाै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड यौगिक कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट

सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । छोरीहरूलाई विभिन्न सीप दिन तथा आत्मनिर्भरका लागि यो कार्यक्रम ल्याइएको हो । प्रधानमन्त्री छोरी कार्यक्रमलाई सरकारले १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने

गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् । लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ … Read more

प्रमुख दलहरुबीच भएको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ । बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अहिले केहीबेरमा बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिनेछ … Read more

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक … Read more

बजेट भाषण ३ बजेका लागि सर्‍याे

बजेट वक्तव्यका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ । यसअघि संयुक्त बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएकोमा सरकारको अनुरोधमा दिउँसो ३ बजेका लागि सरेको छ । आज आउँदो आर्थिक वर्षको बजेट आउँदैछ । संवैधानिक व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षका लागि जेठ १५ गते सङ्घीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले … Read more

गणतन्त्र दिवसको अवसर ललितकला प्रदर्शनी आजदेखि शुरु हुँदै

गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, … Read more

साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान

अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे । योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा … Read more