नेपाल औषधि लिमिटेडद्धारा नौ प्रकारका औषधि उत्पादनको तयारी

नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका … Read more

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे … Read more

एनपिएलः विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् । पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । … Read more

चितवनका दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो । सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित … Read more

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो । राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट … Read more

हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि तनावपूर्ण बङ्गलादेश, २ को मृत्यु

बंगलादेशको अवस्था यतिबेला तनावपूर्ण रहेको समाचारहरुमा जनाइएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि स्थिति खराब भएको हो । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले हसिनालाई गत वर्षको विद्यार्थी विरोध प्रदर्शनको हिंसात्मक दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराधमा सोमबार मृत्युदण्डको सजाय सुनाएको हो । हसिना विरुद्धको फैसलापछि, विद्यार्थीहरूको एक समूहले फेरि एक पटक उनको पुर्ख्यौली घरमा … Read more

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ । सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० … Read more

नवलपरासीमा कार दुर्घटना : एक जनाको मृत्यु ,एक जना घाइते

नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुसार सोमबार दिउँसो १ बजेतिर … Read more

सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन । लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार … Read more

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त रकम एक … Read more