सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

सुदूरपश्चिम प्रदेशमा हलगोरु पालन गर्ने कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सरकारको बजेटमा चालु आवमा प्रदेशका नौवटै जिल्लामा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रम सञ्चालनका लागि चालु आवमा प्रदेश सरकारले रु ९७ लाख ५० हजार बजेट विनियोजन गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी राजकुमार झाले … Read more

एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार तालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने खेलको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा राति फ्लडलाइटमा पनि खेलिने छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज अपरान्ह ४ बजे खेल्ने … Read more

सिंगापुरको उपचारपछि सभापति देउवा दम्पती स्वदेश फर्किँदै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् । उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । उक्त समय उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका … Read more

पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ । संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ । सचिवालयले भनेको छ, “निर्वाचनको … Read more

कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न त्यहाँस्थित नेपाली दूतावासका अधिकारीलाई आग्रह गर्नुभएको छ । दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै आज उहाँले त्यहाँ रहेका नेपालीको हक, अधिकार र समस्याको सहजीकरणमा प्रभाकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो । सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप मजबुत … Read more

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव

बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ । स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिनुभयो । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि … Read more

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री

एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताउनुभएको छ । ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उहाँले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताउनुभएको हो । साथै उहाँले मुलुकलाई सूचना प्रविधिका … Read more

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार … Read more

कँडेलको चरा पाल्ने रहरः वनकुखुरा पालनमा ५० लाख लगानी

घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन … Read more

कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख

काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले … Read more