मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक आजदेखि तीन हप्तासम्म १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका अनुसार रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले आजदेखि आउँदो असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ ।
यो र अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।
रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भैरहेको छ ।