चितवन– नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति चितवनले बृक्षारोपण तथा बृहत सरसफाई कार्यक्रम गरेको छ । विश्व वातावरण दिवसको अवसर पारि संघले जलदेवी सामुदायिक वन क्षेत्रमा उक्त कार्यक्रम गरेको हो । सो अवसरमा टि–२० विश्वकप क्रिकेट अन्तर्गत गत मंगलवार राती नेदरल्याण्ड्स बिरुद्धको खेलमा नेपालले बनाएको रनको दुइ गुणा बिरूवा रोपिएको नेविसंघ कार्यवाहक सभापति प्रकाश भण्डारीले बताए ।
नेबिसंघले समय सुहाउँदो कार्यक्रम गरेर सकृयता बढाएको भन्दै प्रमुख अतिथी कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले प्रशंसा गरे । नेबिसंघका जिल्ला उपसभापति सागर सुबेदीका अनुसार कार्यक्रममा विशिष्ट अतिथीको रुपमा काङ्ग्रेस जिल्ला सचिव ध्रुबराज पोख्रेल, काङ्ग्रेस क्षेत्र नं २ का सभापति भरत लामिछाने, पूर्व जिल्ला सह सचिव राजन कार्की, भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट सहभागी थिए ।