सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि चौधरी ग्रुप (सीजी) को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो ।

सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा निवेदन नदिएपछि सूरसञ्चार ऐन २०५३ को दफा २५(५)अनुसार प्राधिकरणले स्वतः खारेज गरेको छ ।

सेयर गर्नुहोस्