मोबाइलको लतले बालबालिकाको विकासमै जोखिम

काठमाडौं, असार ११ गते । मोबाइलको लतको बालबालिकाको  विकासमा असर पार्ने हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारी सूचना सार्वजनिक गर्दै मष्तिक विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सवाङ्गीण विकासमा असर पुर्‍याउने हुँदा सचेत रहन आग्रह गर्नुभएको हो ।

उहाँका अनुसार बालबालिकालाई मोबाइलको तल लागेमा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने, निन्द्राबाट पटक पटक ब्युझँने जस्ता समस्या देखिन्छन्।

सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउँन उहाँको अनुरोध छ ।

मोबाइल देखाएर खाना खुवाउनाले बालबालिकाले आफूले के खानेकुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भन्ने थाहा पाउँर्दैनन जस कारणले पोषण सम्बन्धित समस्या पाचन प्रणलीमा समस्या निम्तने डा.अधिकारीको भनाइ छ ।

खाना खुवाउँदा अभिभावकले बच्चासँग कुराकानी गरेर डुलाउर गीत गाएर तथा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन उहाँको सुझाव छ ।

उहाँका अनुसार मोबाइलको तल लागेका बालबालिका एकोहोरो हुने, रिसाउने झर्किने, रुने, दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बच्चा ठूलो हुँदै जाँदा झन खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने हुनसक्छ ।

सुत्नु भन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्कृनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको उहाँको भनाइ छ ।

सेयर गर्नुहोस्