बाहुबली’ की देवसेनालाई लाग्यो हाँसिरहने दुर्लभ रोग

मुम्बई– ‘बाहुबली’ फिल्ममा देवसेनाको भूमिका निर्वाह गरेर लोकप्रिय भएकी साउथ अभिनेत्री अनुष्का शेट्टीलाई एउटा दुलर्भ रोग लागेको छ ।अनुष्कालाई हाँसिरहने अनौठो रोग लागेको छ ।

अनुष्कालाई हाँसिरहने अनौठो रोग लागेको छ । विशेष गरेर छायाँकनको क्रममा कमेडी सीन गर्दा उनलाई यति धेरै हाँस उठ्छ, उनी हाँस्दा–हाँस्दै भुईँमा लडिबुडि गर्न थाल्छिन् ।

निशब्दम, दबंग, भागमतीसहित विभिन्न फिल्ममा अभिनय गरिसकेकी अनुष्का शेट्टी एउटा दुलर्भ रोग स्यूडोबुलबर इफेक्टबाट पीडित छिन्, जसका कारण उनी आफ्नो हाँसो रोक्न अथवा नियन्त्रण गर्न सक्दिनन् । यो एउटा न्यूरोलोजिकल समस्या हो, जसले दिमागलाई सोझै प्रभावित बनाउँछ । यसले अनियन्त्रित हाँसो र रोइरहने समस्या उत्पन्न गराउँछ ।

सेयर गर्नुहोस्