प्रादेशिक अस्पतालको स्टोर शाखा डुबानमा, पानीमा बग्दै औषधि

ढल्केवर(धनुषा), मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुर डुबानमा परेको छ। सोमबार बेलुकादेखि मंगलबार बिहानसम्म परेको अविरल वर्षाले प्रादेशिक अस्पताल जनकपुरको स्टोर शाखा डुबानमा परेको हो।

स्टोर शाखा डुबानमा परेपछि औषधिहरू अस्पताल कम्पाउण्डमा बगिरहेको देखिन्छ। अस्पतालका अन्य शाखाहरु नयाँ संरचनामा सारे पनि स्टोर शाखा पुरानै भवनमा रहेकोले डुबानमा परेको अस्पतालका एक कर्मचारीले बताए।

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक रामनरेश पण्डितले अस्पताल डुबानमा परेको विषयमा अनभिज्ञता व्यक्त गरे। ‘डुबानमा परेको जानकारी मलाई छैन। पानी जम्ने ठाउँ नै छैन। कसरी डुबानमा पर्छ रु,’ अनभिज्ञता देखाउँदै निर्देशक पण्डितले अन्नपूर्णसँग भने, ‘डुबानमै परेको हो भने एकचोटी स्टोर शाखाका इन्चार्जसँग बुझ्नुस्। भैरवजी हुनुहुन्छ त्यहाँ।’

अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउत स्टोर पुरानै जीर्ण भवनमा रहेकोले डुबानमा परेको बताउँछन्। पानीमा बगेको औषधिहरू अहिले संकलन गरिरहेको उनले बताए।
‘पानीमा बगिरहेको औषधिहरू कामै नलाग्ने भन्ने खालका होइनन्। सलाईन गर्ने पानीका बोतलहरू ९एनएस, आरएस० छ। ३–४ कार्टुन थियो। हामीले अहिले जम्मा गरिरहेका छौं। त्यो सबै काम लाग्छ,’ इन्चार्ज राउतले भने ‘कागजातहरू र्‍याकमा राखेका थियौं। त्यसको अवस्था अहिले हेर्नुपर्छ। स्टोरका अरु औषधिहरू दोस्रो तल्लामा राखेका छौं। त्यो सबै सुरक्षित छ।’ भवनलाई व्यवस्थित नगरेसम्म डुबानको स्थिती सामना गर्नुको विकल्प नरहेको उनको भनाइ छ।

अहिले जनकपुरधामका अधिकांश स्थान जलमग्न छ।

सेयर गर्नुहोस्