भरतपुरमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु

चितवन, भरतपुर महानगरपालिका–५ मेलमिलाप टोलमा ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई एक जनाको मृत्यु भएको छ ।

पर्साको पकाहा महिनपुर गाउँपालिका–५ घर भई हाल भरतपुरमा डेरा गरी लेबरको काम गर्ने ५० वर्षीय सतकोर प्रसाद चौरासीयाको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार बिहान ५ः५० बजे ‘मर्निङ वाक’ गर्ने क्रममा अचानक बेहोस भई लडेका उनलाई उपचारको लागि निजको सालो रमेश कुमार चौरासीयाले भरतपुर अस्पताल पु¥याएका थिए । उनलाई चिकित्सकले बिहीवार बिहान ७ः१५ बजे मृत घोषणा गरेका हुन् ।

सेयर गर्नुहोस्