मनसुनजन्य विपद् : २८ जनाको मृत्यु​, चट्याङबाट ३२ जिल्ला प्रभावित​

मनसुनजन्य विपद्‌मा परी २८ जनाले ज्यान गुमाएका छन् । साथै एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्‌बाट ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको जानकारी गराएका हुन् ।

सेयर गर्नुहोस्