काठमाडौं– सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको हो।राष्ट्रिय खेलकुद परिषद्को बैठकले केहीदिन अघि मात्र पुरस्कार दिने निर्णय गरेर सरकारलाई सिफारिस गरेको थियो।