काठमाण्डौं। कतिपयलाई करेलाको तितो स्वाद मन नपर्न पनि सक्छ तर यसको औषधीय र सौन्दर्य गुणले भने नसोचेको लाभ मिल्दछ । खासगरी करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि तत्वहरु स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।
करेलाको सेवनले हुने फाइदाहरु
मधुमेहबाट पीडित ब्यक्तिले सधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ । जन्डिसका बिरामीले करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसका निको पार्न मद्दत गर्छ ।
पत्थरीको समस्या भएको व्यक्तिले हरेक दिन बिहान बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिउने गर्नाले पत्थरी गलेर निस्कन पनि सक्छ ।पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या छ भने बिहान बेलुका गरी तीन दिनसम्म करेलाको रस पिउँदा पेटका किरा मार्न सहयोग गर्दछ ।
काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनाले दुःखाईमा राहत मिल्छ । करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
सौन्दर्यमा फाइदा
– तपाईको अनुहारमा दाग आएको छ भने तपाई करेलाको सेवन गर्नुस् यसले रगत शुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउँदैन ।
– धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टी अक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ
– करेला सेवनले एन्टीएजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान र चक्किलो देखिन्छ ।
– पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।
कसले खानु हुँदैन ?
– रक्तचाप कम हुनेले नियमित खानु हुँदैन ।
– डायबेटिजको औषधि खानेले पनि नियमित खानु हुँदैन ।
– गर्भवती महिलाले बढी मात्रामा करेला अथवा यसको जुस खानु हुँदैन ।