बुटवल : ऐरावती गाउँपालिका प्यूठानको जनता माध्यमिक विद्यालय विजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत अवस्थामा फेला परेका छन् । ३८ वर्षीय उनको स्थायी घर कैलाली हो । उनको गाउँदेखि दुई किलोमिटरको दूरीमा शव फेला परेको प्यूठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल विजुवार लगिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको थापाले बताए । मृतक सापकोटाको शरीरमा बाहिरी चोटपटक घाउ नभएको थापाले बताए ।