७०० भन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ , भाद्र ११।
काठमाडौँको नयाँ बानेश्वर शान्तिनगरस्थित एमिल एकेडेमी इन्टरनेसनल विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलको सहकार्यमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा ७०० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन्।

बिहान १० बजेबाट सुरु भएको उक्त शिविरमा जनरल मेडिकल, स्त्री रोग ,बालरोग, सल्यक्रिया, सर्जरी तथा नशा नाक कान घाँटी, भिडियो एक्सरे ,हाड जोड्नी , आँखा ,दाँत रोग इसीजी, भिडियो एक्सरे, ल्याब टेस्ट जस्ता सेवा उपलब्ध गराइएको थियो। २९ जना डाक्टर र नर्सको सक्रियतामा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय बासिन्दाको बिहानैदेखि घुइँचो रहेको थियो। सबै सेवाहरू नि:शुल्क प्राप्त गरेका सेवाग्राहीहरु विद्यालय र अस्पतालप्रति कृतज्ञ थिए। बिहान १० बजे सुरु भएको कार्यक्रम बेलुकी ५ बजेसम्म चल्ने कुरा शिविरका संयोजक प्रेम सुवालले बताउनुभयो।

 

सेयर गर्नुहोस्