काठमाडौँ , भदौ १८।
पोखरामा घर भइ बेलायतमा बस्दै आएकी इशा गुरुङले हेर्ने कथाका चर्चित पात्र प्रकाश तमाङ्ग लाइ एक लाख नगद दिएकि छिन। आज आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै इशाले आफुले यस अगाडि नै एक लाख दिने भेनेर घोषणा गरेको र त्यो पुरा गरेको कुरा बताएकी छिन। उनले भनेकी छिन ” मैले प्रकाश तमाङ्ग भाइलाई सुरुमै रु १ लाख सहयोग गर्ने कुरा राखेकी थिए , आज बाचा पुरा पुरा गरेकी छु। ”
बिदेशी भूमिमा बसेर पनि नेपाल र नेपाली को दु:खमा अत्याधिक साथ र सहयोग गर्ने नाम हो इशा गुरुङ। बेलायतमा आफुले गरेको आम्दानि बाट गएको २ महिना भित्रमै समाजसेवी गुरुङले ४ लाख ७० हजार रुपया सहयोग गरेको कुरा आफ्नो स्ट्याटसमा लेखेकी छन्।इशा गुरुङ यस्तो महिला हुन् जसले नेपालको कुनै पनि कुनामा भएको हरेक पिडादाही घटनाहरुको अभिभावकत्व निर्भाह गर्ने गरेकी छिन्।