चितवन-काठमाडाैं सडकमा सवारीसाधन चलाउन राेक

Highlights

  • अवस्था हेरेर भोलि बिहान ५ बजे पछि नयाँ निर्णय लिइने

चितवन — लगातारको वर्षा नरोकिएको र पहिरोको जोखिम बढेको भन्दै चितवन जिल्ला प्रशासन कार्यालयले चितवन हुँदै काठमाडौं जाने राजमार्गमा सवारीसाधन चलााउन रोक लगाएको छ ।

अवस्था हेरेर भोलि बिहान ५ बजे पछि निर्णय लिने गरी हाललाई नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलाउन रोक लगाएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी ।

नारायणगढ-मुग्लिन र मुग्लिन-नागढुंगासम्मको सडकमा पहिरोको जोखिम बढेका कारणले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । हिजो रातिदेखि चितवन नारायणगढको आँपटारीमा रोकिएका गाडीका यात्रुलाई धैर्यधारण गरेर बस्न चितवन प्रशासनले अनुरोध गरेको छ ।

भोलि आइतबारबाट मौसममा सुधार हुने पूर्वानुमान छ । नारायणगढ-मुग्लिन सडकको २६ किलोमा सडक दबेको र मुग्लिन कटेपछि पृथ्वीराजमार्गमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरूद्ध थिए ।

सेयर गर्नुहोस्