सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

सिन्धुली

पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

सेयर गर्नुहोस्