काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाको वर्गीकरण शैय्याको आधारमा नभई सेवाका आधारमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
असोज १५ गते काठमाडौंमा स्वास्थ्य मन्त्रालयद्वारा आयोजित आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि सार्वजनिकिकरण कार्यक्रममा मन्त्री पौडेलले अस्पतालको वर्गीकरण सेवाका आधारमा गर्नुपर्ने बताउनुभएको हो ।
ुवीर अस्पताल र स्वास्थ्य चौकीलाई एकै समूहमा राख्न मिल्छ ररुु उहाँले प्रश्न गर्नुभयो । ‘कुन संस्थाले कस्तो सेवा प्रवाह गरिरहेका छन्, त्यसका आधारमा त्यसलाई वर्गीकरण गर्नुपर्छ, शैय्याका आधारमा होइन’, उहाँले भन्नुभयो ।
कार्यक्रममा उहाँले आफूलाई स्वास्थ्य क्षेत्रमा केही गर्ने हुटहुटी चलेको तर आफू यसको वित्र नभएको बताउनुभयो । उहाँले स्वास्थ्य सुधारमा चलेको आफ्नो हुट्हुटीमा स्वास्थ्य विज्ञ, जानकारहरुले अनुभव, सीप, क्षमता अनुसार आफूलाई सहयोग गर्नपर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउनपर्ने बताउँदै उहाँले राष्ट्रिय परिचयपत्र बनाउन बीमा अनिवार्य गर्नपर्ने सुझाव दिनुभयो । बीमा व्यवस्थित भए नागरिकले निशुल्क र सहज स्वास्थ्य सेवा पाउनेमा उहाँ विश्वस्त हुनुभयो ।