चितवन
विराज भट्टको फिल्मले ‘१२ गाउँ’ पहिलोसाता आक्रामक व्यापार गरेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको हो। फिल्मका वितरक गोविन्द्र शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको जानकारी दिए।
‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। हिजो पनि नेपालभरि हाउसफुल थिए। आज नी बिहानैदेखिकै शोहरुमा शतप्रतिशत अकुपेन्ची छ,’उनले भने।