पोखरा-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् डा.तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको सय दिने उपलब्धिबारे प्रश्न उठाएकी छन्।
उनले सय दिनमा ओली सरकारले सिन्को भाँच्न नसकेको उल्लेख गरिन्।
सांसद् कार्कीले पार्टी सभापति रवि लामिछानेको पक्राउलाई जोड्दै विचौलियाले चलाएको सरकार सबै बल लगाएर एक जना व्यक्ती पक्रन लागिपरेको आरोप लगाएकी छन्।
साथै, उनले वर्तमान सरकारसँग जवाफदेहिता, इमानदारिता नभएको नभएको समेत आरोप लगाएकी छन्। बाढीपीडितको पीडामा मल्हम लगाउन छाडेर भ्रष्टाचारीले दिएको रकमले पार्टी कार्यालय बनाउन लागेको भन्दै तोसिमाले ओलीको आलोचा गरेकी छन्।
सहकारी पीडितको बचत फिर्ता गर्नतर्फ नलागेर रबिलाई पक्राउ गरिएको भनी असन्तुष्टि जनाउँदै उनले सम्पूर्ण सहकारी पीडितको बचत फिर्ता गर्ने हिम्मत छ? भन्दै सरकारलाई प्रश्नसमेत गरेकी छन्। ‘प्रधानमन्त्री ज्यु तपाईंलाई लाग्यो होला पार्टी सभापति रवी लमिछानेलाई जेल हाल्दैमा राष्ट्रिय स्वतन्त्र पार्टी सकिन्छ। सकिँदैन हामी झनै फैलन्छौँ’, उनले भनिन्।
साथै, उनले ओलीलाई अब कार्यकर्ता पोसेर बस्न नदिने चेतावनी दिइन्।
उनले सहकारी पीडितको आन्दोलनमा रास्वपापनि सँगै रहेको बताइन्। ‘जबसम्म तपाईंहरू ठगिएको रकम पाउनुहुँदैन। तबसम्म तपाईंहरूसँगै छौँ’, तोसिमाको आश्वासन छ।