कमला कार्की स्मृति प्रतिष्ठानद्वारा नवौं स्मृति दिवसमा बिभिन्न व्यक्तित्वलाई सम्मान

काठमाडौँ, पुस २७
कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका सभापति मोहन कुमार कार्कीले प्रतिष्ठानले २०७२ सालदेखि सामाजिक अभियन्ता, खेलकुद, पत्रकारिता, अभियन्ता, र जेष्ठ महिला नागरिकहरूलाई सम्मान गर्दै आइरहेको जानकारी गराए। यस वर्षको सम्मान समारोह मा प्रमुख अतिथिका रूपमा आमाको घरकी अध्यक्ष दिल शोभा श्रेष्ठ उपस्थित थिइन्।

प्रतिष्ठानले विभिन्न विधामा सफलता प्राप्त गर्ने महानुभावहरूलाई नगदसहित सम्मान प्रदान गरेको थियो। सम्मानित हुने व्यक्तित्वहरूमा खेलकुद विधामा अन्तर्राष्ट्रिय पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जन,महिला पत्रकारितामा पत्रकार पुष्पा शर्मा,महिला नेतृत्व सम्मानमा नेपाल जेसिजकी उपाध्यक्ष एलिना महर्जन। यसैगरी ज्येष्ठ महिलामा चनपा–१४ की धन माया श्रेष्ठ र चनपा–१५ की बेली बेल्बासे र संस्था सम्मानमा बन्थ चा मिसा पुच (समुदायमा सामाजिक योगदानको लागि) लाइ सम्मान गरिएको थियो।


कार्यक्रममा सहभागी विशिष्ट व्यक्तित्वहरूले आमाको महिमाबारे आफ्नो धारणा राख्दै आमा समाजको मेरुदण्ड र प्रेरणाको स्रोत रहेको उल्लेख गरे।
अध्यक्ष मोहन कार्कीले आफ्नो दिवंगत आमाको स्मृतिमा २०७२ सालबाट सुरु गरिएको यस सम्मान कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा फैलाएको बताए।
आमाको महत्व र समाजप्रतिको योगदान स्मरण गर्दै प्रतिष्ठानले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना बनाएको छ। “आमा भनेको त्याग र प्रेरणाको प्रतिमूर्ति हुन्। उनीहरूको योगदानलाई कदर गर्नु हामी सबैको कर्तव्य हो,” कार्कीले भने।

यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरू कवि डा नवराज लम्साल, समाजसेवी डा सुबास घिमिरे, पोखरा विश्वविद्यालय का पुर्व उपकुलपति प्रेम नारायण अर्याल लगायत को उपस्थिति थियो। कार्यक्रममा देखिएको सामूहिक भावना र आमाप्रतिको सम्मानले समाजमा सकारात्मक सन्देश पुर्‍याएको छ।

सेयर गर्नुहोस्