रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौँ, पुस २९-

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । अदालतमा आज लामिछानेको थुनछेक बहस हुनेछ ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने हिजो (आइतबार) आफैं अदालत हाजिर भएका थिए । तर, हिजो थुनछेक बहस नभएपछि उनलाई आज (सोमबार) पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

सेयर गर्नुहोस्