नेपाल भाषा साहित्यिक यात्रा सम्पन्न

ललितपुर, पुस २९ गते ।

शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोक साहित्य परिषद्, ललितपुर बखुंबहालको आयोजनामा साहित्यिक यात्रा सम्पन्न भएको छ । तानसेन पाल्पाको रानीमहलको प्राङ्गणमा साहित्यिक कार्यक्रमसहित यो यात्रा सम्पन्न भएको हो ।

राजित बहादुर श्रेष्ठको अध्यक्षता तथा विमल प्रभा बज्राचार्यको संयोजकत्वमा भएको कार्यक्रममा काठमाडौं, ललितपुर र किर्तिपुरबाट ३० जना साहित्यकारहरुको सहभागिता थियो ।

यस बाहेक तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रममा अतिथिको रुपमा पासा खलःका अध्यक्ष देवेन्द्र राज शाक्य, दोलखाका संस्कृतिविद, शान्तकृष्ण श्रेष्ठको सहभागिता रहेको थियो । यसैगरी, पाल्पाका बौद्ध विद्वान् भाषासेवी तथा समाजसेवी छत्रराज शाक्यलाई परिषद्का अध्यक्ष राजित बहादुर श्रेष्ठ र उपाध्यक्ष वीर सिं महर्जनले सम्मान र परिषद्को मानार्थ सदस्यता प्रदान गर्नुभयो ।

कार्यक्रममा वीर सिं महर्जन, अनुराधा बज्राचार्य तानसेन, रजनीमिला, अमिर मैया रञ्जित, देवेन्द्र बज्राचार्य पाल्पा, पूर्णिमा शाक्य, अनिल स्थापित, उत्पल बज्राचार्य पाल्पा, नरेश अमात्य, अर्चना शाक्य पाल्पा, शौन्दर्यावति शाक्य पाल्पा, बालसाहित्यकार लिब्बाना शाक्य पाल्पा, राजेन्द्र रञ्जित, शान्तराज शाक्य, चित्र बलिराम सुवाल पाल्पा, मोहन देवी महर्जन, शरद कसाःलगायत करिब ३० जनाभन्दा बढी साहित्यकारहरुले विभिन्न विधाका नेपालभाषामा साहित्य वाचनसमेत गर्नुभयो ।

यस्तै, मन्तव्यको क्रममा सम्मानित हुनुभएका छत्रराज शाक्यले करिब १३ वर्ष अगाडी बाखं दबूको आयोजनामा उपत्यकाका साहित्यकारहरुले पाल्पामा साहित्यिक कार्यक्रम गरेको स्मरण गर्दै खुशी व्यक्त गर्नुका साथै भाषा, साहित्य विकासको लागि लोक साहित्य परिषदलाई १० हजार आर्थिक सहयोग गर्नुभयो ।

सेयर गर्नुहोस्