देवघाटमा निशूल्क चियापान, १० हजार बढिको सेवा

चितवन, हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । मकर संक्रान्तिको अवसरमा देवघाटधाम स्नान गर्न आएका भक्तजनलाई स्पन्दन नेपाल, बृज इन्टरनेशनल चितवन र लियो क्लब क्लसटर २ ले सेवा गरेको छ । हिन्दु धर्मावलम्बीको पवित्र तिर्थस्थल देवघाटधाम निशूल्क चियापानको व्यवस्था गरेर यी ३ संस्थाले भक्तालुहरुको सेवा गरेको हो । पुस मसान्तको साँझदेखि माघ १ गते बिहानसम्म गरेर १० हजार भन्दा बढी भक्तजनलाई चियापान गराइएको स्पन्दन नेपालकी अध्यक्ष अनिता खनालले जानकारी दिइन । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको खनालले बताइन् । देवघाटमा हरेक वर्ष मकर स्नान मेला लाग्ने गर्दछ ।  मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

सेयर गर्नुहोस्