नेपाल बैंकले लाभांश नदिने

काठमाडौं–

नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ । नेपाल बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।

सेयर गर्नुहोस्