एमिलमा बृहत शैक्षिक प्रदर्शनी

काठमाडौँ, माघ १९
काठमाडौँको नयाँ बानेश्वर शान्तिनगरमा अवस्थित एमिल एकेडेमी इन्टरनेसनलले बृहत शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ। व्यावसायिक तथा प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको यस विद्यालयले हरेक साल प्रदर्शनी सञ्चालन गर्दै आएको छ।

प्रदर्शनीमा कक्षा १० सम्मका विद्यार्थीहरुले अधिकतौल पत्ता लगाउने मेसिनको नमुना, एन्टी सुसाइड फ्यानको नमुना, सेफ्टी कर्ब, सुगर रकेट, डोजर ,केबुलकार, भूकम्प प्रतिरोधात्मक भवनको नमुना, समेत बनाएका थिए। यसैगरी हेल्पिङ स्टिकको नमुना, प्रदुषण नियन्त्रण प्रणालीको नमुना, विद्युतीय चुम्बकको नमुना ,न्युटन कार्डेलको नमुना, स्मार्ट डस्मिनको नमुना, भूकम्प पत्ता लगाउने यन्त्रको नमुना, लगायत ५० भन्दा बढी विज्ञानसँग सम्बन्धित नमुना प्रदर्शन गरिएको थियो।

गणित, सामाजिक तथा अन्य विषयका गरी १५० स्टलमा गरिएको प्रदर्शनीमा सम्पूर्ण नमुनाहरू विद्यार्थीहरूले कक्षाकोठामा घरायसी सामग्री प्रयोग गरेर बनाएका थिए। प्रदर्शनीले विद्यार्थीहरूमा प्रयोगात्मक ज्ञानको विकास हुने आत्मबल बढ्ने र समस्याको खोज र समाधान आफै गर्ने बानीको विकास हुने कुरा एमिल एकेडेमी इन्टरनेसनलका प्रिन्सिपल श्रीकृष्ण थापाले बताउनुभयो।

बिहान १० बजेबाट सुरु भएको प्रदर्शनीमा अभिभावक विद्यार्थी तथा शुभचिन्तक गरी जम्मा १२०० भन्दा बढीले अवलोकन गरेको कुरा विद्यालयका सहायक प्रिन्सिपल गणेश तिमसिनाले बताउनुभयो। प्रदर्शनी विद्यालयका विद्यार्थी विजय शंकरको संयोजकत्वमा ४ बजेसम्म सञ्चालन भएको थियो।

सेयर गर्नुहोस्