चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् ।
१४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड बार,यथेष्ट पार्किङ्ग सुविधा, विवाह मण्डप मन्दिर सहितका संरचना छन । विहे, पार्टी, संघसंस्था, जन्मदिनका कार्यक्रमलाई लक्षित गरी पार्टी प्यालेस तथा रेष्टुरेट सञ्चालनमा ल्याईएको सञ्चालक सापकोटाले जानकारी दिए । विदेशबाट डेददशकभन्दा बढी समय सीप सिकेर आएका दक्ष कुक, वेटर्स , कर्मचारीहरु रहेको पार्टी प्यालेसमा बिहे, पार्टीका लागि आवश्यक सम्पूर्ण सुविधा रहेको सापकोटाले बताए । ’हामीकहांँ दक्ष सीप भएका कुक कर्मचारी तथा व्यवस्थापक छन , सापकोटाले भने, कुनैपनि कार्यक्रम तथा बिहे,पार्टी गर्दा सम्पूर्ण सेवा दिन हामी तयार छौं ।’ प्यालेसमा आकर्षक गोलघर छन जसले कुनैपनि व्यक्तिको मन लोभ्याउने गर्छ ।
जापानको स्काई विल्डिङ्गको अवधारणमा गोल घर निर्माण गरिएको उनले बताए । बिदेशको सीप र कमाइलार्ई नेपालमै लगानी गर्ने उद्धेश्यले होटल तथा रेष्टुरेण्ट क्षेत्रमा लगानी गरिएको उनको भनाई छ । जापानमा १५० वटा रेष्टुरेण्टका मालिक ‘लाला‘ भनेर चिनिने सापकोटाको गैंडाकोटमा करोडौंको ताजमहल एभरेष्ट होटल तथा रेष्टुरेण्ट पनि सञ्चालनमा छ ।
‘स्वदेशमै लगानी र रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित मैले यहांँ लगानी गरेका हौं, सापकोटाले भने, हाल पुरानो व्यवस्थापनलाई परिवर्तन गरी नयांँ संरचना र सुविधा सहित सञ्चालनमा ल्याईएको हो ।’ चौतारी पार्टी प्यालेसले बिहे , कार्यक्रम तथा घुम्नको ग्राहकलाई लागि विभिन्न प्रकारका जीप कार भ्यान , माईक्रो बस लगायतको सुविधा सम्म थपिएको उनले बताए । यहाँ सञ्चालित रेष्टुरेण्टमा तन्दुरी ढावा, नेपाली, चाईनिज, इन्डियन कन्टिनेन्टल सहित सबै प्रकारका खाना तथा परिकार पाईने अर्का सञ्चालक नमराज गैह्रले जानकारी दिए ।
भरतपुर तथा नारायणगढका ग्राहक तथा सेवाग्राहीलाई लक्षित गर्दै नयांँ व्यवस्थापन सहित पार्टी प्यालेस सञ्चालनमा ल्याईएको ग्रैहेले बताए । ‘यहांँ वरिपरि, यत्तिको स्पेस र सुविधाको पार्टी प्यालेस अरु छैन , सञ्चालक गैह्रेले भने, यहांँ आएपछि ग्राहकको आवश्यकता अनुसारको सेवा हुनेछ ।
’ प्यालेसमा बिहेको सिजनलाई लक्षित गर्दै सबै प्रकारको सेवा दिईएको उनले बताए । ‘यहांँ बिहे गर्न आउंँदा सामान्य कपडा र गहना बाहेक हामीकहांँ अरु झन्झटनै हुंँदैन ।’ गैह्रेले भने । पार्टी प्यालेस तथा रेष्टुरेण्टमा गरी हाल २२ जनालाई रोजगारी दिईएको अर्का सञ्चालक मोतीलाल सापकोटाले बताए ।
यो प्यालेसले आगामी दिनमा आवास सहितको सुविधा पनि थप्ने योजना रहेको उनको भनाई छ । पार्टी प्यालेसमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हुंँदै आएको समेत उनले बताए ।