नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि देउवा र दाहाल आइतबार अपराह्न सिंहदरबार पुगेका हुन्।
उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ। सिंहदरबार जानुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।