पाँचथरेहरु पुष्पलाल र गगालालको जन्मघर भगेरीमा

बैशाख २८ काठमाडौ ,

नेकपा (एमाले) पाँचथर – काठमाडौ सम्पर्क मंचले बृहत राजनीतिक भ्रमण आयोजना गरी नेकपा का संस्थापक नेता क. पुष्प लाल श्रेष्ठ र अमर शहिद गंगालाल श्रेष्ठको जन्मस्थल रामेछापको भंगेरीमा भ्रमण गरेको छ।मन्चका अध्यक्ष कमरेड दिनेश खतिवडाको नेतृत्वमव गएको भ्रमण टोलिले नेकपा का संस्थापक नेता क. पुष्पलाल श्रेष्ठ र अमर शहिद गंगालाल श्रेष्ठको जन्मस्थल रामेछापको भंगेरीमा एक श्रद्धान्जली कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा रामेछाप जिल्लाका इन्चार्ज, पुर्व साम्सद कमरेड कमल चौलागाईंले मार्गनिर्देश गर्नुभएको थियो।

नेकपा ( एमाले )का केन्द्रीय सदस्य पुर्व मन्त्री  कमरेड डम्बर सि. सम्बाहाम्फेको प्रमुख आथित्यतामा आयोजना गरिएको कार्यक्रममा नेकपा (एमाले ) केन्द्रिय कमिटी सदस्य तथा पाँचथर इन्चार्ज कमरेड अइन्द्र सुन्दर नेम्बाङ, केन्द्रिय सदस्य कमरेड आशा रत्न जबेगु , केन्द्रिय निर्वाचन कमिटी सदस्य कमरेड कृष्ण आङ्देङ्बे , कोशी प्रदेश सचिव कमरेड राजकुमार भन्डारी , कोशी प्रदेश सम्पर्क कमिटी उप सचिव कमरेड शान्तिराम न्येउपानेको उपस्थिति रहेको थियो ।

यसैगरी सम्पर्क मन्च सल्लाहकार अध्यक्ष कमरेड देवेन्द्र चौलागाईं , सल्लाहकार तथा जिल्ला कमिटी सदस्य कमरेड भिम सम्बाहाम्फे , सल्लाहकार तथा जिल्ला कमिटी सदस्य कमरेड खिम सेलिङ्ग भ्रमण टोलिमा सम्लग्न हुनुहुन्थ्यो । साथै सम्पर्क मन्चका उपाध्यक्ष कमरेड इस्वरा लिङ्देन, सचिव गणेश तिमसिना , उप सचिव कमरेड टीका पोखरेल, उपसचिव कमरेड , पवन घिमिरे, सचिवालय सदस्य कमरेड डिल्ली बेघा, कमरेड बिष्णु शंखर, कमरेड बिनय खतिवडा , सदस्य कमरेड बिजया जबेगु कमरेड सन्जिब तामाङ , कमरेड दिपेन्द्र अधिकारीको समेत सहभागिता रहेको थियो।

उक्त ऐतिहासिक महत्वको स्थलको इतिहास र यसको विकासका निम्ति गरिएका प्रयासहरु बारे एमाले रामेछाप नगरपालिका कमिटीका अध्यक्ष क. रोशन पाख्रीनले प्रकाश पार्नु भयो। क. पुष्प लाल को योगदान वारे रामेछाप इन्चार्ज क. कमल चौलागाईं र पुर्व मंत्री पार्टी केन्द्रीय सदस्य क. डम्वर सिं सम्वाहाम्फेले प्रकाश पार्नु भयो भने पाचथर – काठमाण्डौ सम्पर्क मंचका अध्यक्ष क. दिनेश खतिवडाले धन्यवाद दिनु भयो ।

पाँचथरको भ्रमण टोली लाई एमाले जिल्ला पार्टी कार्यालय मन्थलीमा बागमती प्रदेश सदस्यहरु कमरेड प्रेम तामाङ ,लव श्रेष्ठ , गंगा कार्की , जिल्ला कमिटी उपाध्यक्ष होतराज ढकाल ,सचिव प्रकाश कार्कि युवा संघ जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र कार्कि र जिल्ला कमिटी इन्चार्ज कमल चौलागाई समेत रामेछाप एमाले द्वारा स्वागत गरियो ! पाँचथरको टोलिलाई मन्थली नगरपालिका कार्यालयमा मेयर लव श्रेष्ठले स्वागत गर्नु भयो।

त्यसैगरि पाँचथरको टोलि लाई खाडदेवि मन्दिर परिसर मा मन्दिर व्यवस्थापन कमिटिका अध्यक्ष शेर व. तामाङ , कोषाध्यक्ष प्रकाश वुढाथोकि र पालिक सदस्य गोपाल नेपाली समेतले स्वागत गर्नु भयो । शेर वहादुर तामाङ ले खाडादेविको महत्व र ईतिहास वारे प्रकाश पार्नु भयो भने सम्पर्क मंचका अध्यक्ष दिनेश कतिवडाले धन्यवाद दिनु भयो !

सेयर गर्नुहोस्