महिला टी-२० विश्वकप छनोट: नेपालले आज बहराइनसँग खेल्दै

थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२:१५ बजे सुरु हुनेछ ।

समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ ।

समूह सी मा हङकङ ३ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ ।समूह विजेता मात्र सुपर थ्री मा पुग्ने भएकोले नेपालले हङकङलाई पछि पार्नुपर्नेछ ।

त्यसका लागि नेपालले आजको खेल जितेर २ अंक जोड्नुपर्नेछ । यस्तै समूहको अन्तिम खेलमा बहराइनले हङकङलाई हराउनुपर्नेछ ।

यदी नेपाल आज जित्ने र हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएमा नेपाल र हङकङको समान ५ अंक हुनेछ । यस्तोमा नेटरनरेट निर्णया हुनेछ ।

सेयर गर्नुहोस्