काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिको न्यानो उपहार

तनहुँ–
तहनुँको देबघाट गाउँपालिका ४ काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले न्यानो उपहार वितरण गरेको छ । भौगिलक दृष्टिले बिकट स्थानमा रहेको श्री राष्ट्रिय माध्यामिक बिद्यालयका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिले न्यानो उपहार अन्तर्गत शैक्षीक सामग्री वितरण गरेको हो ।

संस्थाका राष्ट्रिय अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र कोषध्यक्ष रेशम भुजेलले शैक्षीक सामग्री बिद्यालयलाई हस्तान्तरण गरेका थिए । शैक्षीक सामग्री ग्रहण गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र गुरुङ र प्रधानध्यापक बिना पौडेलले हाम्रो दृष्टि राम्रो दृष्टिलाई धन्यवाद दिए ।

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रमबाट उठेको रकमले बिद्यार्थीलाई सहयोग गरिएको अध्यक्ष सुबेदीले जानकारी दिए । संस्थापक अध्यक्ष गैरेले वर्षमा बढिमा ७ सय बिद्यार्थीलाई आफुहरुले सहयोग गर्दे आएको जानकारी दिए ।

२०७२ सालमा स्थापना भएको यस संस्थाले हालसम्म झण्डै ७ हजार बिद्यार्थीलाई सहयोग गरिसकेको छ । सो क्रममा चितवन राप्ती नगरपालिकाको परेवाकोट, कालिका १० र ११, देबघाटको बगन्दी, ईच्छाकामनाको हात्तिवाङ र रत्ननगरको बकुलहरमा बिद्यार्थीहरु लाभान्वित भइसकेका छन ।

काफलडाँडाका बिद्यार्थीलाई शैक्षीक सामग्री वितरण कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य बुद्धिमान भुजेलले संस्थाको उन्नतीका लागि शुभकामना व्यक्त गरेका छन ।

सेयर गर्नुहोस्