खेल्ने क्रममा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका छन् । अछामको रामारोशन गाउँपालिका–७ सुतारमा विषालु च्याउ खाँदा तीन बालबालिका बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यकाल अछामका अनुसार घर वरिपरि खेल्ने क्रममा च्याउ खाएपछि तारा भण्डारीका छोरा करिब २ वर्षीय युवराज भण्डारी, छोरी ४ वर्षीया रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका ४ वर्षीय छोरा जीवन भण्डारी विषालु च्याउ खाँदा बिरामी भएको हुन् ।

ती बालबालिकालाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाममा लगिएको छ । त्यहाँ उनीहरूको उपचार जारी छ।

सेयर गर्नुहोस्