चितवन प्रशासनले भन्योः त्रिशुली र नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु

जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशुली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ । त्रिशुली नदीको रसुवा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पु¥याएको भन्दै चितवन जिल्लाको त्रिशुली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । यस्तै नारायणी नदी किनारका क्षेत्रमा माछा मार्ने,दाउरा संकलन गर्ने,बालुवा झिक्ने जस्ता जोखिमयुक्त कार्यहरु नगर्न नगराउन अनुरोध गरिएको छ ।

 

सेयर गर्नुहोस्