संसद् भवन अगाडि पुगे जेनजी, भित्रै छिर्न खोजपछि अश्रुग्यास प्रहार

जेनजी पुस्ताका युवाहरूको आन्दोलन नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेको छ । माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको हो । प्रदर्शनकारीहरू संसद् भवन नजिकै पुगेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

उनीहरू संसद् भवनभित्रै छिर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भैरहेको छ ।
सेयर गर्नुहोस्