जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थाले

जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेका छन । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् ।

वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका छन। तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ ।
यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन नआएको बताए ।
सेयर गर्नुहोस्