चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जिवि सुवेदी विजयी भएका छन् । मंगलबार सार्वजनिक भएको नतिजामा अध्यक्ष पदका प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवि सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ सय ९९ मतले सुवेदी विजयी भएका हुन् ।
कुल २ हजार ७ सय १९ मत खसेको थियो । जम्मा मतदाता संख्या ३ हजार ३ सय ७१ रहेका थिए ।






