चितवन – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलको पक्षमा माहोल तातेको छ । भरतपुर महानगरपालिका–७ मा भएको घरदैलो अभियानमा मिना खरेलको पक्षमा बढ्दो जनसमर्थन देखिएसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरू उत्साहित देखिएका छन्।
बीपीको योगदानको स्मरण गर्दै क्यान्सर अस्पतालमा बीपीको सालिकमा माल्यार्पण गर्दै भरतापुर ७ मा भएको घरदैलो अभियानमा मिना खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ।
फागुन २१ को निर्वाचनको लागि निर्धारित औपचारिक प्रचारप्रसारको अवधि हिजो सोमबार बाट शुरु भएको छ । तर, पनि खरेलले आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा जाने क्रम यस अघि पनि भइरहेको थियो । उनले चितवन क्षेत्र नं २ अन्तर्गतका विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।
घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् । स्थानीय बासिन्दाहरूले पनि यसपटक विकासमुखी एजेन्डालाई प्राथमिकता दिने बताएका छन्। “वडाको समग्र विकास र सुशासन हाम्रो मुख्य चाहना हो,” एक स्थानीय मतदाताले प्रतिक्रिया दिए।
उम्मेदवार मिना कुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकि हु उनले भनिन्। मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूति समेत गरेकी छु। खरेलले भनिन्।






