बुधबार पौडी खेल्ने क्रममा फेवातालमा हराएका काँहूखोलाका २७ वर्षीय रिवाज गुरूङ बिहीबार मृत अवस्थामा भेटिएका छन् ।
उनी हराएको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको नेतृत्वमा १३ सदस्यीय उद्धार टोली परिचालन गरिएको थियो । टोलीमा विशेषज्ञ गोताखोर तथा विपद् व्यवस्थापन टोलीसमेत सहभागी थियो ।सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार रातभर खोजी अभियान सञ्चालन गर्ने क्रममा बिहीबार बिहान करिब ३:३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरेको थियो । उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको भए पनि चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






